पर्सा – प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका – ९ तिलगंगाबाट ५६ वर्षीय प्रयाग चौधरीलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


आइतबार प्रहरीले जिराभवानी गाउँपालिका ६ शंकरसरैया चौधरीलाई काठमाडौंको तिलगंगाबाट पक्राउ गरेको हो । चौधरी जिल्ला अदालत पर्साको २०७० माघ १७ गतेको फैसलाले अपहरण तथा बन्धक मुद्दामा ९ वर्ष कैद र नगद ५० हजार रुपैयाँ जरिवाना ठहर भएपछि फरार रहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


चौधरीलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले महानगरीय अपराध माहाशाखा र महानगरीय प्रहरी ‍वृत्त गौशाला काठमाडौंको समन्वयमा  पक्राउ गरिएको हो ।

चौधरी लागायतका प्रतिवादीहरुलाई २०६७ फागुन २४ गते भारत मुजफ्फरपुर मुसहरी बस्ने २० वर्षीय पुरुषलाई पर्सा वीरगंज महानगरपालिका- ३२ बाट अपहरण गरी अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका चौधरी