काठमाडौं –  धनतेरसको दिन पनि सुनको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा पुगेको छ ।


ADVERTISEMENT


हिजो सुनको भाउ तोलामा ९१ हजार ८ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १२ सय ५० रुपैयाँ पुगेको छ । आज धनतरेस भएकाले सुन चाँदीको कारोबार धेरै हुन्छ । धनतरेसमा सुन र चाँदी किन्नु शुभ मानिन्छ ।


ADVERTISEMENT

# # #