पोखरा– आन्तरिक एवं बाह्य पर्यटकले खचाखच भएको फेवाताल किनारास्थित लेकसाइडका पर्यटन व्यवसायीले घरदैलोमा आएका उम्मेदवारसँग हात मिलाउँदै भने अवको भोट फेवा ताल बचाउनेलाई दिन्छौ ।


ADVERTISEMENT


वाम गठबन्धन निर्वाचन परिचालन कमिटीद्वारा आयोजित निर्वाचन क्षेत्र नं ३ प्रदेश (ख) का उम्मेदवार राजीव पहारीसहितको घरदैलो कार्यक्रमका बेला स्थानीय बासिन्दाले यसरी फेवातालप्रति चिन्ता व्यक्त गरेका हुन ।


ADVERTISEMENT

# # #


युवा संघका केन्द्रीय अध्यक्षसमेत रहेका उम्मेदवार पहारीले पछिल्लो समय फेवाताल अतिक्रमण भएको जग्गालाई मुआब्जा दिएर तालको मुहान हर्पनखोलाबाट आउने बालुवा, ढुंगा र लेदो रोक्न चेक ड्याम लगाउने प्रतिबद्धता व्यक्त गर्दै भोट माग्नु भएको थियो ।