काठमाडौँ – नबिल बैँक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।


ADVERTISEMENT


बैँकका मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८का लागि सर्वसाधारणलाई ३३.६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.४ प्रतिशत नगद गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।


ADVERTISEMENT

# # #


वाणिज्य बैँकहरुमध्ये सबैभन्दा धेरै लाभांश वितरण गर्दै आएको नबिलले घोषणा गरेको यो लाभांश चारवर्ष यताकै उच्च हो । अघिल्लो आर्थिक वर्ष (२०७६/७७) मा ३३.५ प्रतिशत बोनस र १.७६ प्रतिशत नगद गरि कूल ३५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

लाभांशलाई नेपाल राष्ट्र बैँकले स्वीकृति दिन बाँधी छ । स्वीकृतिपश्चात वार्षिक साधारणसभाबाट पारित गरेपछि सर्वसाधारण शेयरधनीलाई लाभांश वितरण गरिने छ ।