काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)का कम्पनी सचिव एवं सूचना अधिकृत सुदर्शन गिरीको नयाँ पुस्तक ‘अभिकर्ता मार्गदर्शन’ सार्वजनिक भएको छ ।


ADVERTISEMENT


सोमबार एक कार्यक्रमकाबीच लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)का प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दास, नायब कार्यकारी अधिकृत टी वर्णवाल र सूचना प्रविधि प्रमूख सञ्जीव अग्रवालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । पुस्तकमा बीमाको विषयवस्तुहरुलाई सरल भाषामा समेटिएको बताइएको छ ।


ADVERTISEMENT

# # #


पुस्तक सार्वजनिकपछि बोल्दै लक्ष्मीप्रसाद दासले अभिकर्तामैत्री अध्ययन सामग्रीका रुपमा नेपाली भाषामा बीमासम्बन्धी सरल पुस्तक छपाउने सपना पूरा भएको बताए । उनले बीमा उत्पादनहरूलाई बजारमा पुर्‍याउन, ग्राहकलाई बीमाको महत्वबारे प्रकाश पार्न र बीमा व्यवसायको दायरालाई फराकिलो बनाउने बीमा अभिकर्ताका लागि पुस्तक सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

यस्तै नायब कार्यकारी अधिकृत वर्णवालले बीमासँग सम्बन्धित सबैका लागि पुस्तक फलदायी हुने बताए ।