काठमाण्डौं-सन् २०१८ मा रुसमा हुने विश्वकपका अफ्रिकाबाट शनिबार राति ट्युनेसिया र मोरक्को छनोट भएका छन् । नाइजेरिया, इजिप्ट र सेनेगेलपछि यी दुई देश अफ्रिकाबाट विश्वकप पुग्ने अन्तिम दुई देश हुन् ।


ADVERTISEMENT


ट्युनेसियाले लिबियाविरुद्ध गोलरहित बराबरी खेलेपछि त्यो नै उसलाई छनोटका लागि पर्याप्त रह्यो । यस्तै मोरक्कोले भने आइरभरीकोस्टमाथि २–० को जित निकाल्यो । हारपछि आइभरीकोस्ट भने लगातार चौथौ पटक विश्वकपमा छनोट हुनबाट वञ्चित रह्यो ।


ADVERTISEMENT

# # #