दाङ– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउपर्नेमा राप्ती गाउँपालिका–३ वसन्तपुरका ६४ वर्षीय जग्गु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


जिल्ला अदालतबाट विसं २०६६ वैशाख २७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाए तोकिएपछि फरार रहेका प्रतिवादीलाई प्रहरीले सोमबार कपिलबस्तुबाट पक्राउ गरिएको हो । पक्राउ परेका चौधरीलाई आज जिल्ला अदालतमा बुझाइएको प्रवक्ता रिजालले जनाए ।

त्यस्तै सामूहिक जबरर्जस्ती करणी गरेको आरोपमा कैद सजाए पाएका फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती गाउँपालिका–३ मसुरियाका २८ वर्षीय सुवास चौधरी रहेको प्रहरीले जनाएको छ ।

यसैगरी तुलसीपुर–४ नयाँ बस्तीका टोपबहादुर पुनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर– ४ गहतेराका रेशम थापा मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

घर नजिकैको जङ्गलमा लुिकछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । घटनामा संलग्न सोही ठाउँका विनोद राना र खिमबहादुर राना फरार छन् । गत शनिबार राति लठ्ठी र धारिलो हतियार प्रयोग गरी पुनको हत्या भएको प्रहरीले जनाएको छ । मृतक पुनको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । रासस