काठमाडौं – रोहित शर्माले भारतीय टी-ट्वान्टी क्रिकेट टोलीको कप्तानको जिम्मेवारी पाएका छन् । उनले न्युजिल्यान्डविरुद्धको सिरिजसँगै कप्तानी गर्ने भएका हुन् ।


ADVERTISEMENT


भारतले सातादेखि न्युजिल्यान्डसँग टी–ट्वान्टी क्रिकेट सिरिज खेल्ने छ । उक्त सिरिजका लागि भारतले रोहित शर्माको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।


ADVERTISEMENT

# # #


भारतका नियमित कप्तान विराट कोहलीले आईसीसी टी–ट्वान्टी विश्वकप कप्तानीको जिम्मेवारीबाट हटेपछि रोहितले कप्तानको जिम्मेवारी पाएका हुन् ।

रोहितले कप्तनी गर्ने सिरिजको टिममा विराट परेका छैनन् । सिरिजका लागि भारतीय टोलीमा तीव्र गतिका बलर हर्षल पटेल र वेंकटेश ऐरले स्थान बनाएका छन् ।

दुवै खेलाडीले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । भारतीय टोलीको उप–कप्तानको जिम्मेवारी केएल राहुले पाएका छन् ।

सिरिजका लागि राखिएको भारतीय टोलीमा आवेश खान पनि परेका छन् । भारतले मोहम्द श्वामी, रवीन्द्र जडेजा र तीव्र गतिका बलर जस्प्रित बुमराहलाई पनि टोलीमा राखेको छैन ।

भारतको न्युजिल्यान्डविरुको टी–ट्वान्टी अन्तर्राष्टिय खेल १७ नोभेम्बरमा जयपुर र दोस्रो राँचीमा १९ नोभेम्बरमा हुनेछ । तेस्रो तथा अन्तिम खेल २१ नोभेम्बरमा कोलकतामा हुनेछ ।