कैलाली – कैलालीका टीकापुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ ।


ADVERTISEMENT


लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मङ्गलबार साँझ चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।


ADVERTISEMENT

# # #


चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

दुई समूहबीच झडप हुँदा घटना घटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको र थप अनुसन्धान जारी रहेकोे उनले बताए ।