एजेन्सी – नोवेल शान्ति पुरस्कार विजेता मलाला यूसुफजाई विवाह बन्धनमा बाँधिएकी छन् । मलालाले बुधबार बेलायको बर्मिंघम शहरमा विवाह गरेकी हुन् ।


ADVERTISEMENT


२४ वर्षीय मलालाले पककिस्तानका असर मलिकका साहथ निकाह गर्दै आफ्नो विवाहलाई ‘आफ्नो जीवनको एक मूल्यवान दिन’ बताएकी छन् । आफ्नो विवाहबारे जानकारी दिँदै मलालाले ट्वीटरमा भनेकी छन्, ‘आजको दिन मेरो जीवनको अमूल्य दिन हो । असर र मैँले जीवनभरका सहयात्री बन्नका लागि विवाहकोमा बाँधिएका छौँ । हामीले आफ्नो परिवारसँग बर्मिंघमको एक घरमा सानो निकाह समारोह मनाएका छौँ । कृपया हामीलाई प्राथना पठाउनुहोस् । हामी अगाडिको यात्रा एक साथ तय गर्नका लागि उत्साहित छौँ ।’


ADVERTISEMENT

# # #


पाकिस्तानकी महिला अधिकारकर्मी मलालालाई सन् २०१२ मा तालिवान चरमपन्थीले टाउकोमा गोली प्रहार गरेका थिए । उनको उपचारका लागि बेलायतको बर्मिंघम लगिाएको थियो । त्यतिबेलादेखि नै उनी त्यहाँ बस्दै आएकी छन् ।

को हुन् मलालाका पति ?

मलाला यूसुफजाई क्रिकेटकी ठूलो प्रशंसक हुन् । उनले कयौँ पटक यसबारे अन्तर्वार्तामा समेत भनेकी छन् । संयोगले उनका पति असल मलिकको पनि क्रिकेटसँग एकदमै नजिकको नाता रहेको छ ।

उनी पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का नेशनल पर्फरमेन्स सेन्टरमा जनरल मेनेजर (जीएम) हुन् । असर मलिकले लाहोरको प्रतिष्ठित ऐचिन्सन कलेजबाट डिग्री लिएपछि लाहोर विश्वविद्यालयबाट व्यवस्थापनको पढाई गरेका छन् ।

पीसीबीसँग जोडिनु अघि उनी पाकिस्तान सुपर लीगको टिम मुल्तान सुल्तान्ससँग पनि जोडिएका थिए ।