काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय जनगणनाका लागि सम्माननीय उपराष्ट्रपति र उनको पारिवारिक सदस्यको विवरण संकलनका लागि बिहीबार अपरान्ह १ बजे उपराष्ट्रपति भवन, हरितगृह, लैनचौर पुगेका राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्याङक विभागका पदाधिकारीहरुलाई उनले आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण दिएका हुन् ।


ADVERTISEMENT

# # #


उपराष्ट्रपतिको व्यक्तिगत विवरण संकलनका लागि केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ गणकको रुपमा उपस्थित भएका थिए । सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, सहसचिव डा. किरण रुपाखेती लगायत सहभागी थिए ।

गणकले सोधेको प्रश्न अनुसार आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएपछि उपराष्ट्रपतिले राष्ट्रिय जनगणना २०७८ को सफलताको शुभकामना दिए । उनले निर्धारित समयभित्र देशको वास्तविक चित्र आउने गरी राष्ट्रिय जनगणना सम्पन्न हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले आम जनतामा राष्ट्रिय जनगणनाको सकारात्मक सन्देश प्रवाह गर्न राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट जनगणना सुरु गरिएको बताए ।