काठमाडौँ – पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्दा दहन गरेका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंको प्रदर्शनीमार्गस्थीत रत्नराज्य क्याम्पस अगाडी विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्दा दहन गरेका हुन् । पुत्दा दहनका क्रममा बिद्यार्थीहरुले ‘मूल्यवृद्धि फिर्ता ले’, ‘परामादेश सरकार राजीनामा दे’ लगायतका नारा लगाएका थिए । । पुत्दा दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।


ADVERTISEMENT

# # #


जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरुमा मूल्यवृद्धि गरिएको भन्दै मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने अनेरास्ववियुले चेतावनी दिएको छ ।