काठमाडौं – नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आइतबार पनि प्रदर्शन गर्दैछ । बारले सर्वोच्च अदालतको मुख्य गेटमा प्रदर्शन गर्ने र प्रधानन्यायाधीश राणालाई अदालत प्रवेशमा अवरोध गर्ने जनाएको छ ।


ADVERTISEMENT


गएको शुक्रबार बारले मुख्य गेटमा प्रदर्शन गरेको थियो । जसले गर्दा प्रधानन्यायाधीश राणा अतिरिक्त गेटबाट अदालत प्रवेश गरेका थिए। बारले न्यायालय सुधारका लागि प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ। कार्यपालिकामा भाग खोजेको, भ्रष्टाचारलाई सहयोग गरेकोसहितका अभियोग प्रधानन्यायाधीशमाथि लगाइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै सर्वोच्चका न्यायाधीशहरुले पनि राणाले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । उनीहरु विरोधस्वरुप इजलासमा बसेका छैनन् । न्यायाधीशहरुले इजलास नै बहिष्कार गरेपछि सेवाग्राही भने लगातार समस्यामा पर्दै आएका छन् ।

उनीहरुले आफूहरुको न्याय पाउने अधिकार न्यायाधीशहरुले नै कुण्ठित गरेको आरोप लगाएका छन् । बार तथा न्यायाधीशहरुले राजीनामाको माग गरे पनि प्रधानन्यायाधीश राणाले भने अस्वीकार गर्दै आएका छन् ।