काठमाडौँ – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जानेहरूका लागि सन् २०२१ को भाषा परीक्षा पुस १ गतेदेखि हुने भएको छ ।


ADVERTISEMENT


विशेष कम्प्युटर प्रणालीबाट नै परिक्षा हुने बैदेशिक रोजगार बिभाग इपिएस शाखा कार्यालयले जनाएको छ । वैधानिक तवरले फर्केका कामदारलाई पुनः पठाउन कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन विभागसँग सहमति भएसँगै पुष १ देखि ७ गतेसम्म भाषा परीक्षा सञ्चालन गर्न लागिएको इपिएस शाखा कार्यालयका निर्देशक सुरेश रावतले जानकारी दिए ।


ADVERTISEMENT

# # #


कोरोना महामारीले कोरिया पठाउने प्रक्रिया अवरुद्ध रहेकोमा अहिले उक्त प्रक्रिया सुरु भएको उनले बताए । उनले २०१७–देखि १९ मा भाषा परिक्षा उर्तिण गरेर बसेकाहरुलाई पनि डिसेम्वरदेखि कोरिया पठाउने प्रक्रिया सुरु हुने बताए ।

दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ ।