काठमाडौँ– नेपाल टेलिकमले चालु आव २०७८/७९ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


कम्पनीले मुलुक तथा विश्वव्यापी रुपमा कोभिड–१९ महामारीको संकट भएपनि खोप कार्यक्रमपश्चात् चालु आ. व. को शुरुबाटै केही सहज भएकाले कम्पनीका आयोजनाह तथा सेवा वितरणमा सहजता आई कम्पनीको आय समेत वृद्धि भएको जनाएको छ ।


ADVERTISEMENT

# # #


तुलनात्मक रुपमा अघिल्लो आव २०७७/७८ को सोहि अवधिको तुलनामा चालु आवको वित्तिय विवरण सन्तोषजनक रहेको कम्पनीको भनाई छ ।

यस्तो छ नेपाल टेलिकमद्वारा सार्वजनिक आ. व. २०७८/७९ को प्रथम त्रैमासिक वित्तीय विवरण सारांश :

१. गत आ. व. को प्रथम त्रैमासिक अवधि (२०७७ आश्विन मसान्त) मा कम्पनीको सञ्चालन आय रु. ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार रहेकोमा चालु आ. व. को सोही अवधिमा रु. १ अर्ब १३ करोड ९९ लाख ५४ हजार (अर्थात, १३.२ प्रतिशत) ले वृद्धि भई रु. ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रहेको ।

२. गत आ.व. को प्रथम त्रैमासिक (२०७७ आश्विन मसान्त)को कुल आय रु. १० अर्ब १० करोड ४४ लाख ७५ हजार रहेकोमा चालु आ. व. को सोही अवधि (२०७८ आश्विन मसान्त) मा कुल आय रु. ८४ करोड ७८ लाख ७१ हजार (अर्थात, ८.३९ प्रतिशत) ले वृद्धि भई रु. १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रहेको ।

३. गत आ. व. को प्रथम त्रैमासिक अवधि (२०७७ आश्विन मसान्त) मा खुद मुनाफा रु. १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार रहेकोमा चालु आ. व. को सोही अवधि (२०७८ आश्विन मसान्त) मा रु. ७४ करोड २१ लाख ३४ हजार (अर्थात, ४८.९० प्रतिशत) ले वृद्धि भई रु २ अर्ब २५ करोड ९९ लाख ४ हजार रहेको ।

४. गत आ.व. को प्रथम त्रैमासिक अवधि (२०७७ आश्विन मसान्त) मा इबिट्डा रु. ३ अर्ब ९७ करोड ४ लाख ९१ हजार रहेकोमा चालु आ.व. को सोहि अवधिमा रु. ८४ करोड ४९ लाख ५७ हजार (अर्थात, २१.२८ प्रतिशत)ले वृद्धि भई इबिट्डा रु. ४ अर्ब ८१ करोड ५४ लाख ४८ हजार रहेको ।

५. गत आ.व.को प्रथम त्रैमासिक अवधिको तुलनामा चालु आ.व.को प्रथम त्रैमासिकमा कम्पनीको आर्थिक स्वास्थ्य सकारात्मक हुनुका प्रमुख कारणहरु निम्नानुसार रहेको :

क. फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एस.एम.एस. सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन गएको । यसैगरी टुजी÷थ्रीजी सेवाको पहुँच नपुगेका स्थानहरुमा समेत टुजी/थ्रीजी/फोरजी सेवाको पहुँच विस्तार गरिएकाले ग्राहक आधार वृद्धि हुन गएको । कम्पनीको एफटीटीएच सेवाप्रति ग्राहकको आकर्षणमा वृद्धि भइ एफटीटीएच मार्फत वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आईपीटीभी सेवाका ग्राहकहरु वृद्धि हुन गइ फिक्स नेटवर्कबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेको ।

ख. मुलुक तथा विश्वव्यापी रुपमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम पश्चात् कोभिड–१९ को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा आएको संकट चालु आ. व. को शुरुबाटै केही सहज भएकोले कम्पनीका आयोजनाहरु तथा सेवा वितरणमा सहजता आएको ।

ग. कोभिड–१९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलव्ध गराइएको हुँदा सोबाट प्रत्यक्ष रुपमा राजश्व वृद्धि हुने अवस्था नरहेतापनि कम्पनीका सेवाहरुको गुणस्तर अभिवृद्धि, मर्मत सम्भारमा सुधार जस्ता क्रियाकलापहरुबाट कम्पनीका सेवाहरुप्रति ग्राहकवर्ग आकर्षित हुन सकेको तथा सोही कारणले सेवा उपयोगमा वृद्धि भएको ।

घ. कोभिड–१९ महामारी, अन्तर्राष्ट्रिय यात्रा सहज नभइसकेको वास्तविकता तथा ओटीटीको वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय कल तथा अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको गिरावट कायमै रहेतापनि अनलाइन व्यवसाय, अनलाइन कक्षा, सामाजिक नेटवर्क, मनोरञ्जनमा आधिरित नेटवर्क आदिमा भएको वृद्धिको कारणले कम्पनीको भ्वाइससेवा, डाटा सेवा र एसएमएस सेवामा गत आ. व. को प्रथम त्रैमासिक अवधि (२०७७ आश्विन मसान्त) को तुलनामा चालु आ. व. को सोही अवधिमा सुधार आई क्रमशः करिब ७ प्रतिशत, १५ प्रतिशत र ३३५ प्रतिशतले वृद्धि भएको ।