काठमाडौं – प्रदेश १  मुख्यमन्त्री राजेन्द्र राई आज विश्वासको मत लिने भएका छन् ।  राईले दुई दिनअघि प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने सम्बन्धी सूचना दर्ता गरेका थिए। उनले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने भएका छन् ।


ADVERTISEMENT


यसअघि सभामुख प्रदीपकुमार भण्डारीले २३ कात्तिकमा प्रदेश सभाको बैठक बोलाएका थिए । तर, मुख्यमन्त्री राईको आग्रहमा आज दिउँसो १२ः३० बजेका लागि सारेका थिए ।


ADVERTISEMENT

# # #


आज विश्वासको मत लिन लागेको नेकपा (एकीकृत समाजवादी) की सांसद सावित्राकुमारी रेग्मीले बताइन्। “विश्वासको मत नपुग्नेमा कुनै शङ्का छैन, हामी सत्तापक्षका सबै प्रदेश सभा सदस्य बैठकमा उपस्थित हुँदै छौं,” रेग्मीले  भनिन् ।

नेकपा (एमाले) विभाजन हुँदा १० सांसदले एकीकृत समाजवादी रोजेका थिए। त्यसपछि अल्पमतमा परेका भीम आचार्यले राजीनामा दिएपछि १६ कात्तिकमा राई मुख्यमन्त्री बनेका हुन् । उनलाई पाँच दलीय गठबन्धनले समर्थन गरेको छ।