काठमाण्डौं-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय बढेको सुरक्षा चुनौतीमा सरकार नै प्रमुख दोषी भएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


चितवनको शिवनगरमा आज सञ्चारकर्मीसंग दाहालले माओवादी विरुद्ध नेत्र विक्रम चन्दको नेकपासंग मिलेर कांग्रेसकै निर्देशनमा माओवादी नेतामाथि आक्रमण भएको टिप्पणी गरेका हुन ।


ADVERTISEMENT

# # #


बाम गठबन्धनलाई अधिनायकवादको संज्ञा दिने तर आफैं त्रास फैलाउन खोजेको भन्दै उहाँले सरकारलाई आफ्नो रबैया तत्काल सुधार्न आग्रह गरेका छन् ।

रोल्पामा माओवादी नेता वर्षमान पुनमाथि हिजो र अस्ती भएको आक्रमणमा रोल्पाका स्थानीय कांग्रेस नेताको मिलेमतो रहेको उनको आरोप छ ।

फरक प्रसङ्गमा दाहालले कात्तिक ९ गते पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको प्रष्ट पारे । अहिले चुनाव नै पहिलो प्राथमिकतामा रहेको भन्दै उहाँले चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने जानकारी दिए ।