काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र  निधि एकअर्कामा आमने सामने हुँदा बाजी अर्कैले मार्न पनि सक्ने आकलन गर्न थालिएको छ ।


ADVERTISEMENT


देउवासँग उपसभापति विमलेन्द्र निधि टाढिँदै गएका छन् । निधि पहिले देउवाका एकदमै निकट नेताका रुपमा रहेका थिए । त्यस्तै उनी देउवाको उत्तराधिकारीका रूपमा २०३६ सालमा नेपाली कांग्रेसको भातृ संगठन  नेपाल विद्यार्थी संघको अध्यक्षसमेत बनेका थिए । गृहनगर जनकपुरमा भएको संघको महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा पुगेका निधि ४२ वर्षपछि माउ पार्टी कांग्रेसमा पनि देउवाका उत्तराधिकारी बन्न चाहन्थे । तर सभापति पद छाडिहाल्ने उदारता देउवाले देखाउन सकेनन् ।  यसले निधि देउवासँग टाढिएका छन् ।


ADVERTISEMENT

# # #


यता सम्बन्ध चिसिँदै गए पनि पार्टीको १४ औं महाधिवेशनमा आफूलाई सहयोग गर्न सभापति देउवालाई निधिले पटकपटक आग्रह गर्दै आएका छन् । तर मङ्सिर २४ देखि काठमाडौंमा तोकिएको १४ औं महाधिवेशनबाट देउवाले फेरि सभापतिमा दोहोरिने बताएका छन् । दुवैले सभापतिको प्रत्याशी बन्ने तयारी तीव्र बनाएसँगै देउवा र निधिको लामो सहयात्रा अब प्रतिस्पर्धामा बदलिन लागेको छ ।

कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँगको अन्तरसंघर्षदेखि १३ औँ महाधिवेशनबाट देउवालाई सभापतिमा निर्वाचित गराउन निधिको महत्त्वपूर्ण रहेको थियो । फरक पार्टी गठन गर्न होस् वा तत्कालीन नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकीकरणको गुटगत प्रतिस्पर्धामा, देउवाका सारथि हुन् निधि । झण्डै तीन दशक लामो गुटगत सहकार्य तोड्दै देउवा र निधिले अहिले अलगअलग बाटो रोजेका छन् ।