काठमाडौँ– ‘वल्र्ड सिओपिडी डे’ (विश्व दम दिवस) को अवसरमा काठमाडौँ मेडिकल कलेज अस्पताल(केएमसी) ले आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।


ADVERTISEMENT


काठमाडौँको सिनामंगलस्थित रहेको अस्पतालले सो अवसरमा सर्वसाधारणलाई निःशुल्क सिओपिडी स्क्रिनिङ्ग, सिओपिडी डाइग्नोसिस तथा पिएसटी(पल्मोनरी फङसङ टेस्ट) लगायतको निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरेको हो ।


ADVERTISEMENT

# # #


यसैगरि सोहि अवसर पारेर अस्पतालले यस रोगको न्युनिकरण कसरी गर्ने ? र, यसबाट बच्ने उपायसंगै औषधिको सहि उपयोग कसरी गर्ने? भन्ने विषय सम्बन्धि आवश्यक छलफल तथा जनचेतनामुलक कार्यक्रमको समेत आयोजना गरेको छ ।

उक्त कार्यक्रममा अस्पतालका फोक्सो विभाग प्रमुख, अस्पतालका कर्मचारी, बिरामी तथा अन्य सर्वसाधारण लगायतको उपस्थित रहेको थियो ।

प्रत्येक वर्ष नोभेम्बर तेस्रो साताको बुधवारका दिनलाई नेपालमा पनि ‘वल्र्ड सिओपिडी डे’का रुपमा मनाइने गरिन्छ । यस अवसरमा विशेषगरी रोकथाम तथा जनचेतानामूलक कार्यक्रमहरुको आयोजना गर्ने गरिन्छ ।

कुनै न कुनै विशेष नाराका साथ मनाइने यस दिवस यस पटक भने, ‘हेल्दी लङ्ग : नेभर मोर इम्पोर्टेन्ट’ भन्ने मुल नाराका साथ विश्वभर मनाइँदैछ ।

के हो सिओपिडी भनेको ?

व्यक्तिमा देखापर्ने एक किसिमको कडा खालको दमलाई नै चिकित्सका क्षेत्रअन्तर्गत सिओपिडी अर्थात्, ‘क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी’ डिजिज भनिन्छ । विभिन्न दिर्घरोगमध्ये यो पनि एक प्रमुख रोग रहेको केएमसी अस्पतालका फोक्सो रोग विशेषज्ञ डा. नविन कुमार मिश्र बताउँछन् ।

विश्वमा नै सबैभन्दा बढि प्रमुख रोगको तेस्रो स्थानमा रहेको यस नेपालको सन्दर्भमा भने नसर्ने रोगहरुमध्ये सबैभन्दा बढि बिरामी संख्या भएको रोग रहेको बताउँदै डा. मिश्रले भने, ‘प्रायजसोः पाको उमेर समूहलाई सताउने यो समस्या धुम्रपानको सेवन गर्ने तथा धुलोधुवाँमा आफ्नो समय व्यतीत गर्ने समूहमा पनि उत्तिकै देख्ने गरेको पाइन्छ ।’

यद्यपि यसको नियन्त्रण एवम् रोकथामका अनेकौं उपाय रहेको उनको भनाई छ । ज्यानै लिने जोखिमसम्म निम्त्याउने यस समस्याबाट बच्न व्यक्ति विशेषगरी धुम्रपान सेवन तथा धुलो धुवाँजन्य वातावरणबाट टाढै रहनुपर्ने उनी सुनाउँछन् । ‘यससंगै विशेषगरी जाडोयाममा अधिकांश बढि उमेर समूहका व्यक्तिलाई यस समस्याले सताउने भएकाले त्यस्ता व्यक्तिहरुले नियमित शारीरिक व्यायामसंगै औषधिको नियमित प्रयोग गर्दै झोलिलो र न्यानो खानामा विशेष प्राथमिकता दिनुपर्छ’, उनले भने ।

यति गर्दागर्दै पनि यस समस्याले सताएको खण्डमा चिकित्सकको सल्लाह अनुसार यस विरुद्धको भ्याक्सिन समेत लगाउन सकिने डा. मिश्रले जानकारी दिए ।