काठमाडौँ– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैँयाले बढेर ९४ हजार ५०० रुपैँया कायम भएको छ । पहेँलो धातु बुधबार प्रतितोला ९४ हजार ३०० रुपैँयामा कारोबार भएको थियो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९४ हजार रुपैँया तोकिएको छ । बुधबार प्रतितोला ९३ हजार ८०० रुपैँया मा कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबारमूल्यका तुलना स्थिर रहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २८० रुपैँयामा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । रासस