काठमाडौं – नबिल बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मध्यनजर गरी व्यक्तिगत बचत खाता अन्तर्गत ‘नबिल प्रिमियम रेमिटेन्स सेभिङ एकाउन्ट’ संचालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ । ग्राहकहरुले यो खाता शून्य मौज्दातमा खोल्न सक्नेछन् । ‘नबिल प्रिमियम रेमिटेन्स सेभिङ एकाउन्ट’ मा बैंकले व्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित व्याजदर मध्यको उच्च व्याजदर प्रदान गर्ने बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


नबिल बैंकले हाल १३५ शाखा, १८९ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।