काठमाडौँ – योग गुरु स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा जाने भएका छन् ।


ADVERTISEMENT


आचार्य बालकृष्णको पिता जयबल्लभ सुवेदीको चौरासी पूजामा उनीहरु त्यहाँ जाने आचार्य बालकृष्णका भाइ डा पवमान सुवेदीले जानकारी दिए। स्याङ्जाको वालिङ नगरपालिका–६ भरुवामा बुवाको सहस्र पूर्णचन्द्र दर्शनको अवसरमा आयोजना गरिएको लघुरुद्री, श्रीमद्भागवत पाठ पारायण, चौरासी पूजा एवं लाखबत्ती (लक्ष्यबत्ती) कार्यक्रममा समेत उनीहरु सहभागी हुनेछन् ।


ADVERTISEMENT

# # #


“आज दिउँसो २ बजेतिर दुबै जना घरमै आउनुहुनेछ”, स्याङ्जाबाट सुवेदीले भने, “बुबाको चौरासी पूजासँगसँगै उहाँहरुको स्वागतका लागि आवश्यक तयारी भइरहेको छ ।” आचार्य बालकृष्ण पिता जयबल्लभ सुवेदीका ज्येष्ठ सुपुत्र हुन् ।