ललितपुर – सहकारीको ठगी काण्डमा सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष इच्छाराज तामाङ मुछिए जस्तै अवस्था   ललितपुरको सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष भरत महर्जन पनि मुछिने सम्भावना बढेर गएको छ ।महर्जनले पनि तामाङकै तरिकामा आर्थिक अपचलन र दुरुपयोग गरेको खुल्न आएकपछि यस्तो बुझिएको हो ।


ADVERTISEMENT


अध्यक्ष भरत महर्जनको अपारदर्शी लगानी र गतिविधिहरूले बचतकर्ताहरूको करोडौँ रुपियाँ जोखिममा परेको छ । बचत भएको रकमलाई सुमेरुका अध्यक्ष भरत महर्जनले आफ्नो निजी कम्पनीहरूमा घुमाउरो तरिकाले लगानी गरेपछि करोडौँ रुपियाँ जोखिममा परेको हो । बचतकर्ताहरू तनाबमा परेका छन् ।


ADVERTISEMENT

# # #


अध्यक्ष महर्जन सुमेरुको लगानीका विषयमा धेरै बोल्न रुचाउँदैनन् । महर्जनको हर्कत र पैसा डुब्ने भएपछि दैनिक सरह रकम निकाल्न बचतकर्ताहरू सुमेरुको कार्यालय पुल्चोकमा जान थालेको एक पीडितले बताए । पीडितहरूले आफूहरूको बचतको रकम माग गर्दा सुमेरुले दिन नमानेको गुनासो गरेका छन् । ‘हाम्रो पैसा डुब्ने भयो । सुमेरुले पैसा दिन मान्दैन’, एकजना पीडितले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘अब मेरो पैसा डुब्ने भयो ।’

बचतकर्ताले २५ लाखभन्दा माथिको रकम निकाल्न खोज्दा अध्यक्ष महर्जनले पैसा छैन भनेर फिर्ता पठाउने गरेको गुनासाहरू आएका छन् ।सहकारीको ठगी काण्डमा सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष इच्छाराज तामाङ पक्राउ परेपछि सुमेरुमा पनि यस्तै हुने हो कि भनी  बचतकर्ताहरू डराएका हुन् ।

तामाङको सहकारीलाई जस्तै गरेर सुमेरुमा पनि छानविन र अनुसन्धान गर्न पीडितहरूले माग गरेका छन् । आफ्नो बचतको रकम डुब्ने डरले बचतकर्ताहरू खुलेर बाहिर आउन मानेका छैनन् । पीडितहरूले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र सहकारी विभागलाई सुमेरुको लगानीका विषयमा छानविन गर्न माग गरेका छन् ।

सुमेरुको सबै कागजपत्र कब्जा गरेर छानविन र अनुसन्धान गर्ने हो भने अध्यक्ष महर्जनको सबै हर्कतको भण्डाफोर हुने पीडितहरूले जनाएका छन् । पीडितहरूले अध्यक्ष महर्जनको सम्पत्तिमाथि पनि छानविन हुनुपर्ने माग गरेका छन् । सम्पत्ति शुद्धीकरण विभागले महर्जनलाई निगरानीमा राख्नुपर्ने माग पीडितहरूले गरेका छन् ।

राजनीतिक पावर लगाएर अहिलेसम्म सुमेरुको ठगी काण्डबाट बच्दै आएका अध्यक्ष महर्जन र सुमेरुका दिन पछिल्ला दिनमा बिग्रिन थालेका छन् । बचतकर्ताहरूले अध्यक्ष महर्जनको सुमेरु ग्रुपका नाममा भएका धन्दाहरू थाहा पाएपछि जिल परेको चर्चा छ । महर्जनले सुमेरु ग्रुपका नाममा सहकारी, अस्पताल, मेडिकल कलेज, सुमेरु प्रिन्टिङहाउस, सुमेरु हाउजिङ, डिपार्टमेन्ट लगायतका संस्था चलाएका छन् ।

सुमेरुका विषयमा सीआईबीमा पनि कुरा पुगेको स्रोतको भनाइ छ । सुमेरुलाई सीआईबीले निगरानीमा राखेको छ । कुनै पनि दिन सुमेरुमाथि सीआईबीले हातहाल्न सक्ने सम्भावना रहेको स्रोतको भनाइ छ । सुमेरुका विषयमा सीआईबीमा कुरा पुगिसकेको छ । महर्जनले सुमेरु ग्रुपका नाममा ११ वटा संस्था चलाउँदै आएका छन् । सबै संस्थाहरू प्रालिबाट सञ्चालनमा छन् । सहकारीको रकम ती कम्पनीहरूमा लगानी गरेको देखिँदैन ।

सहकारीकै एकजना माथिल्लो तहका कर्मचारीले अध्यक्ष महर्जनले घुमाउरो तरिकाले सहकारीको रकमलाई सुमेरु ग्रुपका कम्पनी र अन्य व्यक्तिहरूलाई लगानी गरेको दाबी गरेका छन् । पीडितहरूले सुमेरु सहकारीको वार्षिक प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका छन् । अध्यक्ष महर्जनले सहकारीको वार्षिक प्रतिवेदनलाई लुकाएर राखेको आरोप छ ।

सुमेरुका अध्यक्ष महर्जन र सिभिल सहकारीका अध्यक्ष तामाङको लगानीको शैली एउटै रहेको चर्चा छ । सुमेरुसहित काठमाडौं उपत्यकाभित्रका ५ वटा सहकारीहरू सीआईबीको निगरानीमा छ । सहकारी विभागले माखो मार्न नसक्ने भएपछि सीआईबीप्रति बचतकर्ताहरूको आशा र भरोसा राखेका छन् । सुमेरु सहकारीका विषयमा उठेका आरोपहरूका विषयमा प्रतिक्रिया लिन अध्यक्ष महर्जनलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।