काठमाडौं – भारतको आन्ध्र प्रदेशमा दुई दिन देखिको निरन्तर वर्षाका कारण आएको बाढीमा परि कम्तीमा १५ जनाको ज्यान गएको छ ।


ADVERTISEMENT


एक सय भन्दा बढी बाढीमा बेपत्ता भएका सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ । गएको दुई दिन भएको वर्षाका कारण ठूलो बाढी आएको र धेरै क्षति गरेको खोजी तथा उद्धार कार्यमा खटिएका अधिकारीहरुले बताएका छन् ।


ADVERTISEMENT

# # #


बाढीले आन्ध्र प्रदेशका चित्तुर कडपा, कुर्नुल र अनन्तपुर जिल्लामा धेरै असर पारेको छ । बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी सहित उद्धारकर्मीहरु खटिएका छन् ।

हराएका एक सय जनामध्ये सबैजसो जीवित भेटिने सम्भावना कम रहेको पनि उद्धारमा सहभागीहरुले बताएका छन् । बेमौसममा परेको ठूलो वर्षाका कारण जनजीवन  प्रभावित भएको छ ।