काठमाडौं – चर्चित  ‘रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’मा धमाका मच्चाउने कृपा पौडेल दर्शकको लागि चिरपरिचित नाम भइसकेको छ । हाल भोटिङका कारण केही सकस पाइरहे पनि कृपाको परिचय भने फरकाकिलो र बहुआयामिक छ । उसो त कार्यक्रमका सहभागीहरु गायनका क्षेत्रमा सबै अब्बल ठहरिए पनि झापाकी कृपाको भने चर्चा भने धेरै छ ।


ADVERTISEMENT


सानै उमेरमा तिखारिएको स्वरकी धनी कृपाले जज र जुरी मेम्बरको  मन जितेकी छन् र कार्यक्रमका प्रशंसक एवं देश विदेशमा रहेका स्रोता र दर्शकको पनि । उसो त कृपाको स्वर तिखारिनुमा विविध कारण रहेका छन् । उनले संगीतमा सफल हुन गरेकाे मेहनत र श्रम नै कृपाको गहना हो । बिर्तामोडमा रहेको सरगम संगीतालय र सप्तक म्युजिक क्लास बिर्तामोडमा संगीतको आधिकारिक शिक्ष‍ा लिएकी कृपा घरमा पनि सानैदेखि गुन्गुनाइरहन्थिन् । उनको गुनगुनाहटको मधुर स्वरमा मुग्ध भएका उनका माता पिता (अनिता र कुमार) पौडेलले पनि उनको संगीत यत्रालाई सहयोग पुर्याएका छन् ।


ADVERTISEMENT

# # #


नेपालकै ठूलो  अन्तराष्ट्रिय स्तरको गायन रियालिटी – सो मा सहभागीता जनाउँदै लाखौं दर्शकको मन जित्न सफल भएकी कृपा एक होनहार र मेहनती गायिकाको रुपमा स्थापित भइरहेकी छन् ।  हरेक शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी फोरके टेलिभिजन र डोको युट्युब च्यानलबाट प्रसारण भइरहेको उक्त रियालीटी सोमा कृपाले गाएका उत्कृष्ट गीतका कारण देश विदेशका दर्शककको मन जितेको छ ।

सारेगमपमा विभिन्न अडिसनमा  देश तथा विदेशबाट ३५ हजार पाँच सयभन्दा बढी बाल प्रतियोगी सहभागीबाट कृपा  टप १४ मा परिसकेकी छन् । यति हुँदा हुँदै पनि कृपा हाल कार्यक्रमको बटमलाइनमा परेकी छन् । उनलाई अगाडिको बाटो तय गर्न थप भोटको आवश्यकता रहेको छ ।  हाल हुँदै गरेको टप १३ का लागि हुने कार्यक्रमको लागि दर्शकको थप माया पाउनका लागि कृपा लालायित छन् ।

विभिन्न कार्यक्रममा भाग लिने कृपाले देशभित्रका विभिन्न प्रतियोगितामा पुरस्कारहरु पाएकी छन् । प्रदेश स्तरीय गायन प्रतियोगितामा कृपाले द्वतीय स्थान हासितल गरेकी थिइन् भने प्याब्सनका धेरै प्रतियोगितामा पनि उनले थुप्रै मेडल र पुरस्कारहरु जितेकी छन् ।

गायनका अतिरिक्त साहित्यमा पनि रुचि राख्ने कृपा नेपालको एक होनहार छोरीका रुपमा उदाएकी छन् । उनी साहित्य चौतारी बिर्तामोडकी एक सदस्य पनि हुन् । त्यसैगरी विभिन्न संस्थाहरुमा पनि कृपाको सक्रियताले उनलाई हुने विरुवाको चिल्लो पातका रुपमा वर्णन गर्न सकिन्छ । यसैगरी क्षितिज नाट्य समूह बिर्तामोडमा पनि यिनको गायनतर्फ सक्रियता रहेको छ भने सहारा नेपाल नामक सहकारीकी यिनी बाल सदस्य हुन् जसमा यिनले बालकबालिकाको हक र हितका क्षेत्रमा योगदान दिँदै आएकी छिन् ।

झापा बिर्तामोड – २ रामचोक निवासी १४ वर्षीया कृपाले सारेगमपमा सहभागी हुनुअघि नै  शिव ताण्डव स्तोत्र पाठ गरी म्युजिक भिडियो समेत निकालेर चर्चा बटुलेकी थिइन् । जसले धेरै दर्शकको मन जितेको थियो ।

स्वर सम्राट नारायण गोपालको ‘छोरीको जन्म हारेको कर्म ’ बोलको गीत गाएपछि त कृपाको चर्चा आकाशमै चुलिएको छ । उसो त कृपाले क्लासिकका अतिरिक्त अन्य विधाका गीतहरु पनि उत्तिकै राम्रो गाउन सक्छिन् ।

उनी सहभागीहरु माझमा पनि एकदमै मिलनसार व्यक्तित्का रुपमा स्थापित भएकी छन् ।  ‍देश तथा विदेश रहेका नेपालीहरुको मन मस्तिष्कमा बस्न सफल कृपालाई भविष्यको एक उज्वल ताराका रुपमा हेर्न थालिएको छ  । निर्णायक र ग्राण्ड जुरी मेम्बरको वाहवाही र  देश तथा विदेशमा रहेका नेपालीहरुबाटसमेत राम्रो समर्थन पाएकी कृपाको गायनलाई दर्शक र स्रोताको न्यानो माया प्राप्त भएको छ ।

उनको प्रस्तुतिमा निर्णायकहरु न्हु बज्राचार्य, इन्दिरा जोशी , कालीप्रसाद बाँस्कोटा र १५ जना ग्राण्ड जुरी मेम्बरहरु धर्मेद्र शेवान, विक्रम बराल, निशान भट्टराई, रवि ओड, सिडी विजय अधिकारी, प्राश्ना शाक्य, टीका प्रसाई, निशा देशार, किश्वर थापा, उदेश श्रेष्ठ, विषण योञ्जन, सरिता मिश्रा, मेनुका पौडेल, विश्व नेपाली र हर्क साउदले  मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् ।

कृपा हाल स्थानीय मोहनमाया माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् । पढाइका क्षेत्रमा पनि कृपा मेधावी विद्यार्थीका रुपमा समेत चिनिने उनको आमा अनिता बताउँछिन् । कृपाले सँधै ए ग्रेडमा कक्षाका परीक्षाहरु उत्तीर्ण गरेकी छन् । उनको औपचारिक शिक्षाको सुरुवात मिडल पोइन्ट सेकेन्डरी स्कुल बिर्तामोडबाट भएको हो भने चिल्ड्रेन इन्भार्मेन्ट सेकेन्डरी स्कुलबिर्तामोडमा पनि केही वर्ष अध्ययन गरेको उनकी आमा अनिताले हिमालयपोष्टलाई बताइन् ।

कृपालाई भोट यसरी गर्न सकिन्छ