काठमाडौं – ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरमा एक जना युवक पक्राउ परेका छन् ।


ADVERTISEMENT


चाँगुनारायण नगरपालिका-५ छालिङ बस्ने २० वर्षीय नितेश दथेपुथेलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


नितेशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।