काठमाडौं –  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज ६० जिल्लामा क्षेत्रीय अधिवेशन हुँदैछ । कांग्रेसको केन्द्रीय नेतृत्व चयनका लागि महत्त्वपूर्ण मानिने महाधिवेशन प्रतिनिधिका लागि आज निर्वाचन हुनेछ ।


ADVERTISEMENT


त्यस्तै क्षेत्रीय अधिवेशनले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति पनि चयन गर्नेछ । कांग्रेस विधानमा हरेक प्रतिनिधिसभा क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि छानिने प्रावधान छ । क्षेत्रीय सभापतिले पनि महाधिवेशन प्रतिनिधि समेतको भूमिका पाउनेछन् ।


ADVERTISEMENT

# # #


कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज करिब १ सय ४५ निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुनेछ । एकमात्रै प्रतिनिधिसभा क्षेत्र भएका जिल्लामा क्षेत्रीय कार्यसमिति भने गठन हुने छैन । ती जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिका लागि निर्वाचन हुनेछ ।

विवादका कारण रसुवा, सर्लाही र सिन्धुपाल्चोकमा भने आज क्षेत्रीय अधिवेशन हुने छैनन् ।