दाङ –  गुडिरहेको ट्याक्टरबाट खसेर दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका-२ का २२ वर्षीय लोकबहादुर वली रहेका छन् ।


ADVERTISEMENT


आइतबार बेलुकी लु४ त ७७७१ नम्बरको ट्याक्टरबाट वली खसेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरले घर फर्कंदै गरेका वलीको ट्याक्टरबाट खसेर मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


उनी स्थानीय बहुला खोलामा ढुंगा लोड गर्न गएका थिए ।