काठमाडौं – नेपाल बार एसोसियसनले आज (सोमबार) राजनीतिक दलहरूलाई ज्ञापनपत्र बुझाउँदै । नेपाल बार एसोसियसन लगातार  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आएको  छ । सोही क्रममा बारका महासचिव लीलामणि पौडेलले, संसद्मा रहेका सबै राजनीतिक दलहरूलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र दिन लागेको बताएका छन् ।


ADVERTISEMENT


त्यस्तै, मुलुकभरका अदालतहरूमा कानुन व्यवसायीले कालोपट्टिसहित धर्ना र विरोध कार्यक्रमलाई निरन्तरता दिइने उनले जानकारी दिए। उनका अनुसार सोमबार बिहान १० देखि १२ बजेसम्म विरोधसभा गरिने भएको छ।


ADVERTISEMENT

# # #


बारकी उपाध्यक्ष रक्षा बश्यालले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्नुको कारण उल्लेख गर्दै राजनीतिक दलहरूलाई सोको जानकारी दिन ज्ञापनपत्र बुझाउन लागिएको बताइन् । उनले भनिन्, ‘प्रधानन्यायाधीश विरुद्ध किन आन्दोलन गर्नु परेको हो  र हाम्रा मागहरू के हुन् ? कसरी न्यायालयमा सुधार ल्याउन सकिन्छ ? भन्ने विषय ज्ञापनपत्रमा समेटिएको छ।’

बारले मंगलबार विरोध कार्यक्रमअन्तर्गत हदम्याद गुज्रने अवस्थाको अन्तिम म्यादबाहेकको मुद्दा दर्ता नगर्ने र नगराउने निर्णय गरेको छ। अदालतका साथै न्यायाधीकरणहरूमा फिराद, प्रतिउत्तर, पुनरावेदन, रिट, लिखित जवाफ, बहस नोटलगायत केही पनि दर्ता नहुने उपाध्यक्ष बस्यालले बताइन्।