काठमाडौं – नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत खुलातर्फबाटै  पहिलो नम्बरको मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।


ADVERTISEMENT


ललितपुर क्षेत्र नम्बर ३ को अधिवेशनमा महाधिवेशन प्रतिनिधि खुल्ला तर्फबाट पहिलो नम्बरको मत ल्याएर बस्नेत विजयी भएका हुन् ।


ADVERTISEMENT

# # #


बस्नेतले ३९९ मत मध्ये २७८ मत प्राप्त गरेका छन् । बस्नेतले १४ औं महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् ।