झापा – झापामा  नेपाली कांग्रेसको १४ औं महाविधेशनमा रोचक दृश्य देखिएको छ । सभापतिका आकांक्षी कृष्णप्रसाद सिटौला र महामन्त्रीका आकांक्षी विश्वप्रकाश शर्माबीच एक अर्कामा एक किसिमको भिडन्तकै रुपमा झापाको अधिवेशन भइरहेको छ । जसलाई   सिटौला र  शर्माकै  प्रतिस्पर्धाका रुपमा पनि हेरिन थालिएको  छ । यता सिटौलालाई पूर्व मन्त्री केशवकुमार बुढाथोकीले समर्थन जनाएर सहकार्य गर्दा शर्मालाई पनि पूर्वमन्त्रीसमेत रहेकी केन्द्रीय सदस्य सरिता प्रसाईंले साथ दिएकी छिन् ।


ADVERTISEMENT


वडा, पालिका र प्रदेशसम्मको चुनावमा स्पष्ट रुपमा देखिएको प्रतिस्पर्धा समूहको हिसाबले क्षेत्रीय अधिवेशनसम्म आइपुगेको छ । अलग प्यानल र समूह बनाएर दुवै पक्ष दिनरात नभनी मत माग्न व्यस्त भए । सोमबार सम्पन्न चुनावको नतिजाले पनि यो प्रतिस्पर्धालाई देखाएको छ ।


ADVERTISEMENT

# # #


मंगलबार बिहान प्राप्त नतिजाअनुसार सिटौला निकट सभापतिहरु बढी निर्वाचित भएका छन् भने महाधिवेशन प्रतिनिधि पनि उनी निकट नै बढी आएका छन् । परिणाम आइसकेका चार वटामध्ये तीन वटामा सिटौला–बुढाथोकी पक्ष निर्वाचित भएका छन् भने एउटा निर्वाचन क्षेत्रमा शर्मा–प्रसाईं निकट निर्वाचित भएका छन् । मतको अवस्था हेर्दा क्षेत्र नम्बर १ मा पनि शर्मा–प्रसाईं निकटको सभापति र महाधिवेशन प्रतिनिधि बढी आउने देखिएको छ ।

यसरी हेर्दा निर्वाचन क्षेत्र १ र ५ मा शर्मा–प्रसाईं तथा २, ३ र ४ मा सिटौला–बुढाथोकी पक्षका सभापति आएका छन् । महाधिवेशन प्रतिनिधि पनि सोही अनुसारका खेमा बलिया देखिएको झापाबाट पत्रकार गिरिराज भट्टराईले जानकारी दिएका छन् ।

क्षेत्र २ मा सिटौलाका २२ तथा बाँकी शर्मा पक्षका, क्षेत्र ३ मा क्षेत्रीय सभापतिसहित २६ जना नै सिटौला पक्षका, क्षेत्र ४ मा सभापतिसहित २५ जना सिटौला पक्षका र एक जना शर्मा पक्षका रहेका छन् । क्षेत्र ५ मा सभापतिसहित १३ जना शर्मा पक्षका र १२ जना सिटौला पक्षका आएका छन् ।

सोमबार सम्पन्न झापा क्षेत्र नं ५ को क्षेत्रीय सभापतिमा ढुण्डीराज भण्डारी कूल ४४७ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी रोशन गौतमले ३२३ मत प्राप्त गरे । क्षेत्रीय सचिवमा भण्डारीको प्यानलका धर्मानन्द भट्टराई र गौतमको प्यानलका मुकुन्द उप्रेती निर्वाचित भएका छन् ।

त्यसैगरी सहसचिवमा गोपालराज दाहाल र डिल्ली चापागाइँ निर्वाचित भएका छन्। खुल्लातर्फ निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि १० जनामा हुकुमसिंह राई, डा खगेन्द्र पाण्डव अधिकारी, गौरादह नगरपालिकाका प्रमुख समेत रहेका रोहितकुमार साह, हेमन्त कार्की, सुरेश सुब्बा, राजन बहादुर ढुंगाना, मेदनी प्रसाद सिटौला, अनिलकृष्ण प्रसाइँ, भुपालराज कटुवाल र टिकाराज सापकोटा निर्वाचित भएका छन् ।

खुल्ला महिलातर्फ संघीय संसद सदस्य समेत रहेकी महेन्द्रकुमारी लिम्बु, रेगिना भट्टराई प्रसाइँ, लक्ष्मी बारकोटी र तुलसा पन्त विजयी भएका छन् भने आदिवासी जनजाति समूह ९पुरुषतर्फ० अइन्द्रविक्रम केरुङ र भूमिराज राई तथा महिलामा रमा लिम्बु र फुलवती राजवंशी महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

त्यसैगरी खस आर्य पुरुषतर्फ विक्रम अधिकारी र डा। नेत्र बुढाथोकी तथा महिलातर्फ मन्धरा चिमरिया पौडेल र चन्द्राकुमारी खड्का निर्वाचित भए । मधेसी कोटामा सत्यनारायण चौधरी र अल्पसंख्यकको कोटामा निरज अग्रवाल निर्वाचित भएका छन् ।

झापा क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा प्रतिस्पर्धी नारायणप्रसाद बजगाईलाई पराजित गर्दै जयनारायण शाह निर्वाचित भए । शाहले ४६४ मत प्राप्त गरे भने बजगाईंले २७४ मत मात्रै प्राप्त गरे । क्षेत्रीय सचिवमा रुपनारायण खतिवडा र सुमन काफ्ले निर्वाचित भए भने सहसचिवमा ईन्द्रप्रसाद प्रसाईं र कोषराज गड्तौला निर्वाचित भए ।

त्यस क्षेत्रबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा कविता घिमिरे बस्नेत, शान्ता बस्नेत, अन्जुदेवी थपलिया, देवीकुमारी ओली, धनमाया चिमरिया, मिता सिटौला, खड्गबहादुर कार्की, राजेन्द्र उप्रेती, भिमप्रसाद राजबंशी, मचिन्द्र शेर्मा, सुमनकुमार गुप्ता, उजाल अली, देउकुमार थेवे, कार्तिकलाल राजबंशी, पर्शुराम ढुंगाना, उत्तमबहादुर चौलागाईं, किरण भट्टराई, उत्तम शर्मा सुवेदी, सीताराम भट्टराई, भक्तिप्रसाद सिटौला, एकराज गिरी र सन्तोषकुमार नेयाङ्वो निर्वाचित भए ।

उता झापा क्षेत्र नम्बर न ३ को क्षेत्रीय सभापतिमा गणेश पोखरेल पुनः विजयी भए । पोखरेलले प्रतिस्पर्धी राजेन्द्र घिमिरेको १०८ मतका विरुद्ध ५२० मत पाए ।

सचिव पदमा गीता प्रसाद भट्टराई र भूपाल वस्नेत, महाधिवेशन प्रतिनिधिमा उर्मिला कुमारी गौतम, तारादेवी वाराकोटी, लता कार्की र शर्मिला अधिकारी, टिकाराज ढकाल, कृष्ण प्रसाद प्रसाई, खडक प्रसाद राजवंशी , डम्वरसिंह सिगु, मनोज सुव्वा गौरव, ओम प्रकाश सरावगी, जगत वहादुर वस्नेत, दयानन्द गोश्वामी, नवीन विमली, विजय रिजाल, भगीरथ कुमार पोद्दार, भूमि प्रसाद राजवंशी, मोहन महर्जन, राम प्रसाद दुलाल, श्याम प्रसाद सिटौला र सीताराम खडका निर्वाचित भएका छन् ।

झापा क्षेत्र नम्बर २ को सभापतिमा प्रतिस्पर्धी मोहन सुब्बालाई पराजित गर्दै खगेन्द्र मैनाली निर्वाचित भए । मैनालीले ३७० मत प्राप्त गरे भने सुब्बाले २१६ मत मात्रै प्राप्त गरे । सचिवमा चन्द्रप्रसाद चुडाल र रामबाबु धिमाल साथै सहसचिवमा जीवन थापा र नगेन्द्र बस्नेत निर्वाचित भएका छ्न् ।

त्यस क्षेत्रबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा प्रभा नेपाल, अजयकुमार देव, ईन्द्रमणि पौडेल, जीजनकुमार भण्डारी, रेशबहादुर बस्नेत, सिताराम सिटौला, मिश्राकुमारी राई, भुमादेवी घिमिरे, रञ्जिता राई, अनोजकुमार खड्का, पुण्यप्रसाद ओझा, यज्ञप्रताप अधिकारी, राधादेवी सुब्बा, राजेन्द्रबिक्रम नेम्माङ, रमेशकुमार भुजेल र छत्र परियार निर्वाचित भए ।

त्यस्तै पाण्डवलाल चौधरी, उमादेवी शिवाकोटी, चन्द्रकला भण्डारी, लिलादेवी निरौला, सीता पौडेल, उद्धव थापा, खड्गप्रसाद प्रसाइं, गोपालकुमार बस्तेन, छत्रबहादुर गिरी, जलकुमार गुरुङ, टिकाप्रसाद प्रसाईं, दिपक तामाङ, दिपेन्द्र प्रकास ढकाल, शेरबहादुर थापा र शुधिर शिवाकोटी निर्वाचित भएका छन् ।

उता झापा क्षेत्र नम्बर १ मा भने सभापतिका उम्मेदवार ईन्द्र बुढाथोकी जित नजिक पुगेका छन् । मतगणना जारी रहे पनि प्रतिस्पर्धी गोपाल तामाङसँग फराकिलो मतान्तर रहेकाले बुढाथोकी जित नजिक रहेको मतगणनास्थलबाट प्रेस युनियनका नेता ज्ञानेन्द्र निरौलाले जानकारी दिए । क्षेत्र नम्बर १ मा केन्द्रीय महाधिवेशन प्रतिनिधिको भने अझै तीन सय जति मत गन्न बाँकी रहेको उनले बताए ।