काठमाडौँ– युएन मिशनका लागि थप १९२ नेपाली सैनिक सिरिया प्रस्थान गरेका छन् ।


ADVERTISEMENT


संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै विभिन्न युएन मिशनमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउँदै आएको नेपाली सेनाको १९२ जनाको टोली  युनाईटेड नेशन्स डीसइन्गेजमेन्ट अब्जर्भर फोर्स(युएनडीओएफ) का निमित्त मंगलबार सिरिया प्रस्थान गरेका हुन् ।


ADVERTISEMENT

# # #


सो क्षेत्रमा आबद्ध त्यहाँ तैनाथ नेपाली सेनाको मिशन अवधि सकिएलगत्तै सेना अदलीबदलीका निम्ति यहाँबाट नयाँ सेना टोली मिशन ईलाका सिरियातर्फ उडेका हुन् । (युएनडीओएफका तैनाथ नेपाली सैनिक परिवर्तन हुनेछन् ।

नेपाली सेनाले कोभिड–१९ महामारीका बाबजुद पनि सम्पुर्ण सुरक्षा सतर्कताकालाई ध्यानमा राख्दै शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली बदली प्रक्रियालाई क्रमबद्ध रुपमै प्राथमिकतामा राखिएको थियो ।