काठमाडौँ– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैँया तोकिएको छ ।


ADVERTISEMENT


अधिल्लो दिन प्रतितोला ९३ हजार ९०० रुपैँयामा कारोबार भएको सुन आज प्रतितोलाएक हजार ६०० रुपैँयाले घटेको हो ।


ADVERTISEMENT

# # #


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैँया कायम भएकोमा सोमबार प्रतितोला ९३ हजार ४०० रुपैँया पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैँयाले घटेर एक हजार २५५ रुपैँया तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०८ डलर आसपासमा कारोबार भइरहेको छ ।