काठमाडौं – नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । आज मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी शिवाकोटीले आफू पत्रकारीताभन्दा बाहिर रहेर पार्टीको राजनीतिमा होमिएको बताएका हुन् ।


ADVERTISEMENT


उनले आफू मिडिया उद्यमीको रुपमा भने सधैँ रहने तर, पत्रकारको रुपमा नरहने बताए । नेपाल पत्रकार महासंघ, प्रेस युनियनमा आगामी दिनमा आफू नफर्कने प्रतिबद्धता पनि व्यक्त गरे । दोलखाबाट महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्य निर्वाचित भएका शिवाकोटीले आफूलाई जिल्लामा कांग्रेसको सबै पक्षको समर्थन रहेको पनि बताए ।


ADVERTISEMENT

# # #