डडेल्धुरा – नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आज डडेल्धुरामा आयोजित कार्यक्रममा उनले यसपटक आफू केन्द्रीय सदस्य पदमा उठ्ने घोषणा गरेका हुन् ।


ADVERTISEMENT


उम्मेदवारी दिने घोषणा गर्दै महरले भने ‘केन्द्रीय समिति सदस्य पदमा उठ्न मैले आज गृहनगरबाटै यात्रा थालेँ ।’


ADVERTISEMENT

# # #


उनले सभापति पदमा भने प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई नै एक कार्यकाल सभापतिमा जिताउनुपर्ने बताए । उनले पार्टी रूपान्तरणको प्रयास सुरू गरिनुपर्ने पनि बताए । साथै उनले गुटको अन्त्य हुनुपर्ने पनि बताएका छन् ।

उनले पार्टीका सबै संरचनामा एक व्यक्ति एक पद र दुई कार्यकालमात्रै लागू गरिनुपर्ने एजेन्डा अगाडि सारेका छन् । उनले शिक्षा र स्वास्थ्य सबैका लागि निस्शुल्क हुनुपर्नेसमेत एजेन्डा राखेका छन् । उनले क्रियाशील सदस्यता वितरणमा गुटको प्रभाव देखिने गरेकोमा यसपटक त्यो क्रम कम गर्दै लगिएको पनि बताए। क्रियाशील सदस्यता वितरणमै गुटरहित बनाएपछि मात्रै केन्द्रमा गुट नहुने उनको भनाइ छ।

महर २०७३ भदौमा नेविसंघ अध्यक्ष निर्वाचित भएका थिए । कार्यकाल सकिएपछि महरले नेविसंघ अध्यक्षबाट राजीनामा दिएका थिए । त्यसपछि महाधिवेशन भएको छैन । नेविसंघ तदर्थ समितिमै सीमित छ ।