काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला सय  रुपैयाँले घटेर रु ९१ हजार ७०० रुपैयाँ  कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला  ९१ हजार ८०० रुपैयाँ मा कारोबार भएको थियो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ तोकिएको छ । यसको मूल्य बुधबार प्रतितोला  ९१ हजार ३०० रुपैयाँ थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  पाँच रुपैयाँले बढेर  एक हजार २३० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।