काठमाडौँ– गरिमा विकास बैंकले साना व्यवसायीमा आफ्नो कर्जा लगानी भएको छ ।


ADVERTISEMENT


बुधवार नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र बैंकबीच भएको सम्झौता अनुरुप बैंकले न्यून आय भएका समूहमा लगानी गर्ने भएको हो ।


ADVERTISEMENT

# # #


यसअन्तर्गत खासगरी सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर, भुमिहीन एवम् विपन्न परिवार रहने बैंकले जनाएको छ ।

सो सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।