काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टीको १४ औँ महाधिवेशनका लागि सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् । बिहीबार एक कार्यक्रमको आयोजना गरी निधीले सभापतिमा लड्ने घोषणा गरेका हुन् ।


ADVERTISEMENT


उनले उम्मेदवारी घोषणा गर्दै काँग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी किन भनी भनेर २३ बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका छन् । निधिले सभापतिमा आफ्नो उम्मेदवारीको ध्येय र आशय अगामी सरकार नेपाली काँग्रेसको एकलौटी बनाउनु रहेको बताए ।


ADVERTISEMENT

# # #


उनले कांग्रेसको नेतृत्वमा संविधानमा जारी भएपनि निर्वाचनपछि कम्युनिष्ट पाटींले सरकार बनाएपछि विकृती विसंगती सुरु भएकाले कांग्रेसको नेतृत्वमा जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्न कांग्रेसको एकलौटी सरकार आवश्यक रहेको बताए ।

निधिले आफ्नो नेतृत्वमा कांग्रेसले आगामी तीनै तहका निर्वाचनमा बहुमत हासिल गर्न सक्ने दाबी गरे । उनले जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन र देशको भौगोलिक विविधता, हिमाल, पहाड, तराई–मधेस, पश्चिमदेखि पूर्वका सबै जनताको भावनात्मक रुपमा जोड्ने कांग्रेस बनाउन आफूलाई सभापतिमा निर्वाचित गर्न आग्रह गरे ।