काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडले नारायणहिडी दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुको लागि मोबाईल लकर नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिलाई हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


बिहीबार एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागारिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोईला र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोले उक्त मोबाईल लकरको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । आगुन्तकहरुले अब दरबार संग्रहालय घुम्न आउदाँ आफ्नो मोबाईल फोन लकरमा सुरक्षित राखी निस्फित्री भएर भ्रमण गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


माछापुच्छे बैंक लिमिटेडले देशभर १६२ बटा शाखाहरु र १५४ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२२ स्थानवाट १० लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० वटा एटीएमहरु संचालनमा रहेको छन् ।