काठमाडौँ – सरकारप्रति कडा रुपमा प्रस्तुत हुँदै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्माओली शुक्रबार पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा भने केही नरम देखिएका छन् ।


ADVERTISEMENT


महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई अतिथीका रुपमा बोलाएर सरकारप्रति टिप्पणी गर्नु राम्रो नहुने बताए । उनले सरकारको काम गर्ने शैलीप्रति असन्तुष्टिको संकेट गरे पति त्यती खरो रुपमा उत्रिएनन् ।


ADVERTISEMENT

# # #


उनले प्रधानमन्त्री देउवाले काम गर्न चाहे पनि अन्य पार्टीले काम गर्न नदिएको हो कि भन्दै स्थिति सामान्य बनाए । यद्दिपी उनले आफूलाई काम गर्न नदिनेहरु नै अहिले देउवाको साथमा रहेको भन्दै सचेत गराए ।

‘अहिलेको सरकारका सम्बन्धमा म केही भन्न चाहन्न, सम्मानीय प्रधानमन्त्रीलाई अतिथीका रुपमा मञ्चमा राखेर टिप्पणी गर्नु वाञ्छनीय हुन्न ।’ मञ्चमा रहेका प्रधानमन्त्री देउवातर्फ हेर्दै ओलीले भने, ‘प्रधानमन्त्री सायद काम गर्न चाहनु हुन्थ्यो कि ! उहाँलाई काम गर्न गाह्रो छ कि ! मलाई अप्ठ्यारो पार्ने, मेरा खुट्टा तान्नेहरु आज उहाँका खुट्टा समातिराखेका छन् ।’

उनले नेकपा एमाले तास फिटेर गफ गर्ने पार्टी नभएको भन्दै निर्वाचनमा बहुमत ल्याएर विकासका कामहरु अघि बढाउने बताए ।