काठमाडौँ – सिभिल बैंकले ११औँ वार्षिकोत्सव मनाएको छ । बैँकले शुक्रबार प्रधान कार्यालयमा बिभिन्न सेवाहरुको थालनीको साथ साथै विविध कार्यक्रमहरुको आयोजना गरीे एघारौं वार्षिकोत्सवको गरी मनाएको हो ।


ADVERTISEMENT


संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डको प्रमुख अतिथ्य तथा प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलको अध्यक्षतामा वार्षिकोत्सव मनाइएको हो । सो अवसरमा विशेष व्यक्तिगत निक्षेपकर्ताहरुका लागि झन्झटरहित तथा समर्पित बैंकिंग सेवाको प्रदान गर्न ‘प्रायोरिटी बैंकिङ’ सेवाको उद्घाटन गरिएको छ । यस्तै कल सेन्टर सेवा र मिस्ड कल बैंकिंग “एक घण्टी झ््याप्प पेमेन्ट” सेवाको समेत शुभारम्भ गरिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै बैँकले आफ्नो वार्षिकोत्सवको अवसरमा देशैभर सामाजिक कायहरु गरी मनाएको छ । जसअन्तर्गत बैंकका मुख्य शाखा सहित ३८ स्थानमा ५९ शाखाहरुको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

यस्तै देशैभरका आफ्ना ५६ वटा शाखाहरुमार्फत बैँकले सरकारी विद्यालयमा कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत गरीब तथा जेहन्दार छात्रालाई छात्रवृति स्वरुप ५ हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।

केवल एक मिसकलबाट नै बिजुलीको महशुल भुक्तानी हुने सेवाको उद्घाटन बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरेका छन् । सिभिल बैंक ईन्टरनेशनल भर्चुयल डलर कार्ड सेवाको समेत बैँकले शुभारम्भ गरेको छ । जसअन्तर्गत अन्तराष्ट्रिय सेवा तथा वस्तुहरु अनलाईन मार्फत खरिद गर्न सकिने १०० देखि ५०० डलरसम्म लिन सकिने छ ।

निक्षेपकर्ताहरुको जिज्ञासाको तुरुन्तै समाधान गर्न तथा विविध बैंकिंग सेवाको बिना झन्झट आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट सम्पादन गर्ने च्याटबट सिभिल भर्चुयल एसिस्टेन्ट “सिभा”को उद्घाटन समेत गरिएको बैँकले जनाएको छ । त्यसैगरी बैंकमा ५ वर्ष÷१० वर्षदेखि अटुट सेवा प्रदान गरेका बैंक कर्मचारीहरुलाई पनि बैंकले अभिनन्दन गरेको छ ।

सिभिल बैंकले एघारौं वर्ष पार गर्दासम्म करिव रु. ९२ अर्ब निक्षेप संकलन गरी करिब रु. ८८ अर्व ऋण लगानी गरेको छ । बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा रु. २९.१८ करोड खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले हाल ११५ शाखा तथा १० वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा संचालन गर्दै आएको छ ।