काठमाण्डौं-एसीसी अन्डर १९ एसिया कप अन्तर्गत नेपालले समुहको अन्तिम खेलमा मलेसियाको सामना गर्दैछ ।


ADVERTISEMENT


खेलको निर्धारित तालिका अनुसार ९ बजे टस हुनुपर्नेमा लगातार वर्षाका कारण सम्भव हुन सकेको छैन । स्थानीय समय अनुसार १२:३० बजेसम्म पनि लगातार वर्षा भइरहेको छ ।


ADVERTISEMENT

# # #


अब वर्षा रोकिएपछि अम्पायरहरुले मैदान निरिक्षण गरेर खेल्न लायक घोषणा गरेपछि मात्र टस हुनेछ । लगातार वर्षा भइरहेकोले खेल हुने नहुनेमै शंका उत्पन्न भएको छ ।

नेपाललाई दोस्रो चरणमा प्रवेश गर्न जित आवश्यक छ । सँगसँगै भारत र बंगलादेशबिचको खेलको नतिजाले पनि समिकरणमा असर पार्नेछ ।