चितवन – चितवनमा जारी नेकपा (एमाले)को १० औं  महाधिवेशनमा नेतृत्व चयनको रस्साकस्सी चलिरहेको छ । महाधिवेशन चलिरहँदा विभिन्न पदका आकांक्षी नेताहरु पनि बढिरहेका छन् । अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म सहमतीले टुंगो लगाउने भन्दै शीर्ष नेताहरु जुटिरहेका छन् ।


ADVERTISEMENT


एमाले महाधिवेशनमा पार्टीको नेतृत्वका लागि युवा नेताहरुको माग पनि बढेको पाइएको छ ।  नेतृत्वका आकांक्षीहरुमा युवा नेता शेरधन राई सचिव पदका लागि बलियो देखिएका छन् । एमालेका पोलिट्ब्यूरो सदस्य एवं प्रदेश नं १  कमिटीका सह-इन्चार्जसमेत रहेका राईको सचिव पदमा दिने भनिएको उम्मेदवारी बलियो देखिएको हो ।


ADVERTISEMENT

# # #


प्रदेश नं १ का पूर्व-मूख्यमन्त्रीसमेत रहेका राई एमाले पधाधिकारीमा कान्छो सदस्यका रुपमा प्रवेश गर्न लागेका हुन् । महाधिवेशन स्थलमा राईको उपस्थिति लोकप्रिय देखिएको महाधिवेशन प्रतिनिधिहरुले बताएका छन् ।

शालीन, दूरदर्शी र एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्रका रुपमा उदाएका राईलाई आफ्ना समकक्षीहरुकाबीच एमाले हाँक्ने बलियो भविष्यको नेतृत्वको रुपमा समेत हेर्ने गरिएको छ ।

नेताहरुका अनुसार  सहमतीको प्रयास हुँदैगर्दा क्षमतावान् र अब्बल नेताहरुलाई समेट्ने र निर्वाचनमै जाने अवस्थामा समेत राई लगायतका नेताहरु नछुट्ने गरी छानिनेमा महाधिवेशन प्रतिनिधिहरु ढुक्क देखिएका छन् ।

यस महाधिवेशनबाट भोजपुर गृहजिल्ला भएका राई लगायतका युवा नेताहरुको हातमा देशको प्रमुख पार्टीको नेतृत्व जाने पक्कापक्की भएको देख्न सकिन्छ । युवाहरुको हातमा एमाले नेतृत्वको लगाम परिरहँदा एमालेको भोलिको भविष्यसमेत निर्धारण हुने विश्लेषण गरिएको छ ।