काठमाडौं – नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रम सुरु गरेको छ । बैंकले उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने सोचमा आधारित उद्यमलाई प्रबर्धन गर्न कार्यक्रम सुरु गरेको हो ।


ADVERTISEMENT


यस कार्यक्रमले आर्थिक, सामाजिक रूपान्तरणलाई बढावा दिने बैंकले विश्वास व्यक्त गरेको छ । कार्यक्रमले स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सीप तथा वित्तीय सहयोग उपलब्ध गराउने जनाइएको छ ।


ADVERTISEMENT

# # #


सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रम र फेलोसिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रम तय गरेको बैंकले जनाएको छ । सुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका एक–एक कलेज वा विश्वविद्यालयसँग सम्झौता गरेको जनाइएको छ । प्रदेश नम्बर १ को महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस, प्रदेश २ को वीरगन्ज पब्लिक कलेज, बागमती प्रदेशको क्याम्पियन कलेजसँग सम्झौता गरेको बैंकले जनाएको छ ।

त्यस्तै, गण्डकीमा पोखरा विश्वविद्यालयको ह्युमानिटिज एन्ड सोसल साइन्स फ्याकल्टी, लुम्बिनीको क्षितिज इन्टरनेसनल कलेज, कर्णालीको सुर्खेत मोडल कलेज र सुदूरपश्चिमाञ्चलको सुदूरपश्चिमाञ्चल एकेडेमीसँग सम्झौता गरेको बैंकले उल्लेख छ ।

कार्यक्रमले प्रत्येक प्रदेशमा एक सयजनाका दरले वार्षिक सात सय विद्यार्थीलाई सामाजिक उद्यमी बन्ने अवसर सिर्जना गर्ने बैंकले जनाएको छ । त्यसैगरी, तालिममा आधारित फेलोसिप कार्यक्रम काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता गरेको जनाइएको छ । एक वर्षसम्मको आवश्यक सहयोगसहित ४० सहभागीलाई संलग्न गराउने यो कार्यक्रम ६ महिने सिकाइमा आधारित हुने बैंकले जनाएको छ । कार्यक्रमले १८ देखि ५० वर्षभित्रका व्यक्तिलाई उद्यमको सुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको जनाइएको छ ।