एजेन्सी – बिरालोका बारेमा तपाईंलाई कति थाहा छ ? सायद तपाईंहरुलाई बिरालो हरकतहरू त थाहा नै होला । किनकी हामी उनीहरूसँग ९ हजार वर्षभन्दा पहिलादेखि सँगै बसिरहेका छौँ । अधिकांश समय सुत्ने भएपनि उनीहरू विश्वकै सबैभन्दा लोकप्रिय घरपालुवा जन्तुमा पनि पर्छन्।


ADVERTISEMENT


बिरालोका यस्ता छन् तथ्य


ADVERTISEMENT

# # #


१) बिरालोको समूहलाई क्लाउडर भनिन्छ ।

२) बिरालोले आफ्नो पञ्जाबाट पसिना निकाल्छन् ।

३) औसतमा बिरालोहरू दिनको ७० प्रतिशत समय सुत्छन् ।

४) उनीहरूको पिसाब अल्ट्राभायोलेट (पराबैजनी) किरण मुनि पर्‍यो भने चम्किन्छ ।

५) घरमा पालिएका सबै बिरालोलाई पाँच मध्ये एक अफ्रिकी जङ्गली बिरालोको अवशेषसँग जोड्न सकिन्छ ।

६) बिरालोले गुलियो स्वाद चाल पाउँदैनन् ।

७) बिरालीको दाहिने पञ्जा र बिरालोको देब्रे पञ्जा बढी सक्रिय हुन्छ ।

८) बिरालीको कठालोमा हड्डी हुँदैन ।

९)  वैज्ञानिक आइज्याक न्यूटनले ढोका सहितको बिरालो बस्ने फ्ल्याप आविस्कार गरेको हल्ला छ। तर थाहा भएको समयदेखि नै गोठ तथा घरहरूमा बिरालो बाहिर निस्कनका लागि ढोकाहरू रहेको देखिन्छ ।

१०) बिरालोको कपालको लट्टाको प्राविधिक नाम ट्रिकोबिजोर हो। ग्रीक भाषामा ‘ट्रिक’ को अर्थ कपाल हो ।

११) बिरालोलाई मोली वा महारानी पनि भन्ने गरिन्छ ।

१२) बिरालोले समुद्रको पानी पनि पिउन सक्छन्। उनीहरूको मिर्गौलाले केहि जटिल काम गर्छन्, जसले नुनलाई पनि छानिदिन्छन् ।

१३) बिरालोका कारण विभिन्न ३३ वटा प्राजातिहरू लोपभएका छन् त्यसमा स्तनधारी प्राणी र चराहरू पनि छन् ।  उनीहरूलाई उपल्लो १०० अरूलाई जोखिममा पार्ने प्रजातिका रुपमा राखिएको छ ।