काठमाडौँ– नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले आफ्नो उम्मेदारीको पर्चा बाड्न थालेका छन् ।


ADVERTISEMENT


चितवनमा जारी नेकपा एमालेको १० औं महाविधेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका उपाध्यक्ष रावलले आफ्नो पर्चा बाड्न थालेका हुन् ।


ADVERTISEMENT

# # #


पार्टीका वर्तमान अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भिड्न लागेका उनलाई यसअघि विभिन्न नेताहरुले ओलीलाई नै अध्यक्षको रुपमा अघि बढाउन उचित रहने भन्दै अध्यक्षको उम्मेदारबाट फिर्ता लिन सुझाएका थिए । यद्यपि आफ्नो अडानबाट हलचल नभएका रावलले अन्ततः अध्यक्षकै निम्ति ‘अध्यक्षमा मेरो उम्मेदवारी किन ?’ भन्ने लेखसहित आफ्नो पर्चा बाड्न सुरु गरेका छन् ।

रावल समर्थकले आइतबार बिहान बन्दसत्र हलको प्रमुख गेटमा बसेर पर्चा बाड्न सुरु गरेका थिए ।

यता एमाले अध्यक्ष ओली भने सर्वसम्मत बनाउनका लागि पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको सूची बनाउनमै व्यस्त छन् ।