काठमाठौं – नेकपा  एमालेका उपमहासचिव घनश्याम भुसालले चितवनमा जारी महाधिवेशनमा आफ्नो फरक एजेण्डा राखेका छन् । उनले पार्टीको सिद्धान्त कुनै गुट वा समूहले निर्धारण गर्न नसक्ने बताएका छन् । भुसाल एमालेमा एक बुद्धिजीवी नेताका रुपमा परिचित छन् ।


ADVERTISEMENT


हाल पार्टीका सिद्धान्तहरू गुट वा समूहको जस्तो देखिन आएकाले भुसालले यस्तो बताएका हुन् ।  आइतबार महाधिवेशन प्रतिनिधिका लागि अपिल सार्वजनिक गर्दै उनले ज्ञानविज्ञानका उपलब्धि कुनै राष्ट्र वा जातिका सम्पत्ति नभएजस्तै पार्टीका सिद्धान्त पनि गुटको नहुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले दलाल पुँजीवादविरुद्ध राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने ठोस कार्यक्रम बनाउन महाधिवेशनले संकल्प गर्नुपर्ने पनि अपिल गरेका छन् ।

यस्तै एमालेको पुनरोदयका लागि असंगतीहरू हटाउनैपर्ने र त्यसका आधारमा कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्नुपर्ने उनको भनाइ छ । भुसालले शनिवार उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।