काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवनमा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयार भइरहेको बताएका छन् ।


ADVERTISEMENT


आइतबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सर्वसम्मतिको प्रयास भइरहेकाले परिणाम पनि सकारात्मक आउने दाबी गरेका हुन् । ‘सहमतिका लागि सबै प्रयत्न भइरहेको छ । परिणाम पनि मिठो आउँछ । सहमति भनिसकेपछि सबैखालका प्रवृत्ति र नेताहरुलाई मिलाएर जाने कुरा हो ।’ उनले भने, ‘निर्वाचन भएको भए प्रतिनिधिले मिलाइदिन्थे, सहमतिमा जाने भएपछि नेताले मिलाउनु पर्न ।’


ADVERTISEMENT

# # #


नेतृत्व चयन गर्ने प्रतिनिधिको अधिकार नेताहरुले आफ्नो हातमा लिइसकेपछि यो परीक्षण नेताहरुकै रहेको उनले बताए । उनले भने, ‘चुनावमा जान पाएको भए प्रतिनिधिहरुको विवेक परीक्षण हुन्थ्यो तर नेताहरुले हामी मिलाउँछौँ भनेकाले त्यसको विवेक पुर्याउने जिम्मा नेताहरुकै हो ।’

सचिव भट्टराईले नेपालमा नेकपा एमालेको नेतृत्व र अगुवाईमा एउटै कम्युनिस्ट पार्टी बनाउने भनिसकेकाले यो एकताकै महाधिवेशन रहेको र भोलि परिणाम पनि दिने उल्लेख गरे । उनले १० बुँदे सहमतिपछि एमालेकै रहेको १० भाई नेताहरु एमालेमा घुलमिल भइसकेकाले १० बुँदे पनि घुलमिल भइसकेको उनले बताए ।

उनले महाधिवेशनपछिको नेकपा एमाले एकदमै गतिशील हुने बताउँदै उनले भने, ‘अब नेकपा एमाले सौराहाबाट दौडेर जान्छ ।’ उनले नेकपा एमालेविरुद्ध बनेको गठबन्धनलाई चिर्नका लागि एमाले अग्रसर हुने उल्लेख गरे ।

सचिव भट्टराईले सुदृढ र एकतावद्ध बनाउँदै आउँदो स्थानीय निर्वाचनमो कम्तिमा ५० प्रतिशतभन्दा बढी स्थानमाजित हासिल गर्ने र प्रदेश र संघमा सरकार बहुमत ल्याएर सात वटा मुख्यमन्त्री र प्रधानमन्त्री हुने गरी अघि बढ्ने जिकिर गरे ।