काठमाडौँ– करिब एक महिनाअघि नेपालगञ्जकी निर्मला कुर्मी बेपत्ता र बाँकेको नन्कुन्नी धोबीको मृत्युबारे छानविनको माग गर्दै न्यायका लागि २० दिन पैदल हिँडेर काठमाडौं आएकी मानव अधिकारकर्मी रुबी खान फेरि काठमाडौँ आएकी छन् ।


ADVERTISEMENT


त्यसबेला सरकारले न्यायको आश्वासनसहित बाँके फिर्ता पठाइएकी मानव अधिकारकर्मी खान पुनः पिडितका लागि न्याय खोज्दै काठमाडौँ आएकी हुन् । उनी तथा उनको टोली काठमाडौँ आएलगत्तै फेरि पनि सरकारलाई न्यायको दबाब सहित धर्ना सुरु गरेका छन् ।
बिहिवारदेखि माइतीघर मण्डलामा धर्ना बसिरहेका खानले यसअघि पछिल्लो ११ दिनदेखि जिल्ला प्रशासन कार्यालय, बाँकेमै धर्ना दिइरहेकी थिइन् ।


ADVERTISEMENT

# # #


यसअघि काठमाडौँमा पहिलो पटक न्यायको आश बोकेर आएकी खानमाथि उल्टै लाठी चार्जसहित प्रहरीद्वारा प्रक्राउ समेत परेकी थिइन् । यति मात्र नभई प्रशासनले उनीमाथि बहुविवाहको झुठो मुद्दामा फसाउने समेत कोशिस गरेको थियो । यति हुँदाहुँदै पनि नथाकेी खानले ११ दिन अनशन बसेरै भएपनि निर्मला कुर्मी बेपत्ता र नन्कुन्नी धोबीको मृत्युबारे छानविन समिति गठन गर्न सरकारलाई बाध्य पारेकी थिइन् ।

सरकारको आश्वसनसहित गृहजिल्ला फकेकी उनी फेरि पनि सरकार ब्यूताँउन काठमाडौँ फर्केकी छन् । घटनाका मुख्य आरोपी संविधानसभाका सदस्य बादशाह कुर्मीलाई प्रहरीले पक्राउ नगर्दा पीडित पक्षलाई मुद्दा फिर्ता लिन दबाब र धम्की आइरहेको बताउने उनको प्रयासमा के पीडित पक्षले न्याय पाउला त? त्यो हेर्न बाँकी नै छ ।