काठमाडौं – नेकपा एमालेको महाधिवेशन अन्तर्गत भइरहेको मतदान अन्तिम चरणमा पुगेको छ ।  नयाँ नेतृत्व चयनका लागि चितवनमा भइरहेको मतदानको कार्य अन्तिम चरणमा पुगेको एमालेको निर्वाचन आयोगले जनाएको छ ।


ADVERTISEMENT


एमालेको निर्वाचन आयोगका अनुसार अबको केहीबेरमा मतदान सकिनेछ । जम्मा २२९७ महाधिवेशन प्रतिनिधिमध्ये अब एक हजार भन्दा कम प्रतिनिधिले मात्रै भोट खसाल्न बाँकी रहेको बताइएको छ ।


ADVERTISEMENT

# # #


मतदान सकिएको एक घण्टाभित्रै मतगणनाको कार्य सकेर परिणाम घोषणा हुने आयोगले जनाएको छ । एमालेले विद्युतीय मेसिनबाट मतदानको व्यवस्था गरेको छ । यसो हुँदा मतगणनाका लागि धेरै समय नलाग्ने भएको हो ।

एमालेको अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन् भने ६ उपाध्यक्षका जागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार छन् ।

सात सचिवका लागि गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट चुनावी मैदानमा छन् ।